काठमाडौं। स्पेनिस क्लब रियल मड्रिड र भिल्ला रियल च्याम्पियन्स लिगको सेमीफाइनल प्रवेश गरेका छन्। गए राति सम्पन्न दोस्रो लेगको खेलमा रियल मड्रिडले चेल्सीलाई २-३ ले रोक्दै तथा भिल्ला रियलले जर्मनीको बार्यान म्यनिखलाई १-१ को बराबरीमा रोक्दै सेमीफाईनल प्रवेश गरेका हुन्।
यस अघि भएको खेलमा रियल मड्रिडले इङ्गलिस क्लब चेल्सीलाई उसकै घरलेको मैदानमा ३-१ ले स्तब्ध बनाएको थियो। गए राति रियलको घरेलु मैदान रान्टियायो बर्नाउमा सम्पन्न खेलमा चेल्सीले खेल ३-२ जिते पनि समग्रमा ५-४ ले खेलको नजिजा रियलको पक्षमा जाँदा साविक विजेता चेल्सी क्वाटर फाइनलबाट बाहिरिएको हो।
उता बार्यानको घरेलु मैदानमा आलियान्ज एरेनामा सम्पन्न खेलमा स्पेनिस क्लब भिल्ला रियालले बार्यानलाई १-१ को बराबरीमा रोक्यो। पहिलो लेगमा आफ्नो घरेलु मैदानमा १-० को जित निकालेको भिल्ला रियाल समग्रमा २-१ को जित सहित च्याम्पियन्स लिगको सेमीफाइनल प्रवेश गरेको हो।
चेल्सकीका लागि खेलको १५ औँ मिनेटमा मोसन माउन्ट खेलको ५१ औँ मिनेटमा रुडिगरले तथा खेलको ७५ औँ मिनेटमा टिमो वार्नरले समान १-१ गोल गर्दै चेल्सीलाई अग्रता दिलाए दिलाए पनि रियालले खेलमा कमब्याक जित नियकाल्यो। खेलको ८० औँ मिनेटमा रियलका लागि रोड्रिगोले गोल गर्दै बराबरीको स्थितिमा ल्याए । नियमित समयमा बराबरीमा खेल सकिएपछि अतिरिक्त समयको छैटौँ मिनेटमा करिमबेन्जेमाले गोल गर्दा रियलले च्याम्पियन्स लिगको सेमिफाइनलको यात्रा तय गरेको हो। रियलले चेल्सीलाई समग्रमा ५-४ ले हराउँदै सेमीफाइनलको यात्रा तय गरेको हो।
त्यस्तै अर्को खेलमा बार्यानले घरेलु मैदानमा बराबरी खेल्दा च्याम्पियन्स लिगबाट बाहिरिएको छ। बार्यानले खेलको ५२ मिनेटमा रोबर्टो लेवेन्टोस्कीको गोलमा अग्रता लिए पनि खेलको ८८ औँ मिनेटमा एस चुक्वुवेजले गोल गर्दा भिल्ला रियलले बार्यानलाई उसकै घरेलु मैदानमा १-१ मा रोक्यो र समग्रमा २ -१ को जित सहित भिल्ला रियल सेमीफाइनल प्रवेश गरेको हो।