काठमाडौं। युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा रियल म्याड्रिडले सानदार जित दर्ता गरेको छ। करिम बेञ्जेमाको ह्याट्रिक गोलको मद्दतमा रियलले चेल्सीलाई उसकै मैदान स्टाम्मफोर्ड ब्रिजमा ३-१ को जित निकालेको हो।
घरेलु मैदानमा रियलसँग हार बेहोरेपछि चेल्सीको सेमिफाइनलमा जाने सम्भावना न्यून रहेको छ भने रियल सेमिफाइनल पुग्ने सम्भावना दरिलो बनेको छ। रियलका लागि उत्कृष्ट प्रदर्शन गर्ने क्रममा बेन्जेमाले खेलको २१, २४ र ४६ औँ मिनेटमा तीन गोल गरे । चेल्सीका लागि सान्त्वना गोल काइ हाभर्टेजले एक गोल फर्काए ।
बुधबार सम्पन्न च्याम्पियन्स लिगको अर्को खेलमा भिल्लारियलले बायर्न म्युनिकलाई १-० ले हराएको छ। भिल्लारियलका लागि आरनउट डानजुमाले खेलको सुरुवाति आठौं मिनेटमा निर्णायक गोल गर्दै घरेलु टोलीलाई जिताएका हुन्।