काठमाडौं । नेपालमा हालसम्म कै ठूलो संख्यामा खुल्ने भनिएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ माघ २ गतेदेखि सर्वसाधारणका लागि खुल्ने भएको छ।
बैंकको प्रतिकित्ता १०० अंकित ८ करोड कित्ता जम्मा ८ अर्ब रुपैयाँ बराबरको साधारण शेयर निकास्कान हुने छ । आइपिओमा लगानी गर्न चहाने लगानीकर्ताहरुले माघ ६ गतेसम्म शेयर माग गर्न सक्नेछन् । कुल शेयरमध्ये १ लाख ६० हजार कित्ता कर्मचारीहरु, ४० लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणको लागि खुला गरिने छ ।
बैंकको सो आईपीओमा माघ ६ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्काशन अवधि माघ १६ गतेसम्म थपिनेछ।
बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ भने इक्रा नेपालले ‘इक्राएनपी आईआर त्रिपल बी’ रेटिङ्ग प्रदान गरेको छ।

