काठमाडौं। नेपालले ट्रि-नेशन कपको उपाधी जितेको छ। भर्रखरै सम्पन्न खेलमा नेपालले पपुवान्यूगिनीलाई ५१ रनले हराउँदै खेल जितेको हो।

यससँगै नेपालले ट्रिनेशन कप क्लिनस्वीप गरेको छ। नेपालले मलेसिया र पपुवान्यूगिनीसँग अपराजित रहँदै सिरिज कब्जा गरेको हो। सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपूरमा भएको फाइनल खेलमा नेपालले पपुवान्यूगिनी विरुद्ध ५१ रनले विजयी भयो ।

नेपालका लागि अलराउन्डर दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट प्रदर्शनमा त्रिकोणात्मक टि-२० सिरिजको जित्यो ।

नेपालले दिएको १ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको पपुवान्युगिनी १६.२ ओभरमा १ सय १८ रनमा अल आउट भयो । पपुवान्युगिनीका सेसे बाउले ३८ बलमा १ चौका र ६ छक्कासहित सर्वाधिक ५९ रनको योगदान दिए पनि जितका लागि पर्याप्त भएन। नेपालको जितमा अलराउण्डर दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४ विकेट, करण केसीले २ तथा कप्तान सन्दिप लामिछाने, सोमपाल कामी र अविनास बोहोराले समान १-१ विकेट लिए।