काठमाडौं। नेपालले ट्रि-नेशन टि-२० क्रिकेट प्रतियोगिताको फाइनलमा पपुवान्युगिनीसामु १ सय ६९ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ। त्रि.वि. मैदान कीर्तिपूरमा चलिरहेको खेलमा पपुवान्यूगिनीले टस जितेर फिल्डिङ् रोेजेपछि ब्याटिङका लागि उत्रिएको नेपालले उक्त लक्ष्य प्रस्तुत गरेको हो।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ३८ बलमा नटआउट ५४ रन तथा करण केसीले १२ बलमा नटआउट ३३ रन जोड्दा मध्यम योगफल बनाउन सफल रह्यो। नेपालका लागि ओपनर कुशल भुर्तेलले २२ बलमा २५ रन जोडे त्यस्तै अर्का ओपनर आसिफ शेखले २९ बलमा २९ रन जोड्दै पेभिलियन फर्किए पनि अन्य ब्याट्सम्यान चम्कन सकेनन्। दोस्रो तथा चौथो र पाँचौँ क्रमका व्याट्सम्यान क्रमश रोहित पौडेल ३ बलमा २ रन तथा आरिफ शेख र दिलिप नाथ सुन्य रनमा आउट हुँदा नेपाललको स्थिति धारासायि रहेको थियो । छैटौं व्याट्सम्यानका रुपमा मैदानका प्रवेशका करण केसीले १२ बलमा  ३३ रन जोडेर दिपेन्द्र सिंहसाँग पार्टनरशीप गर्दा नेपालले मध्यम योगफल निकालेको हो।

अब केही समयमा नेपाले फिल्डिङ् गर्दैछ।

त्यस्तै नेपालका अलराउण्डर दिपेन्द्र सिंह ऐरीले टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन बनाउने पहिलो नेपाली क्रिकेट खेलाडि बनेर नयाँ कृतिमान बनाएका छन्