१७ चैत, जनचासो खबर । आज टियु क्रिकेट मैदानमा टि२० त्रिकोणात्मक सिरिज अन्तर्गतको दोस्रो चरणको खेलमा नेपाल र पिएनजी भिड्दै छ ।
खेल नेपाली समय अनुसार १२ बजेर ३० मिनेटमा सुरु हुनेछ । पहिलो चरणको दुवै खेल जितेको नेपाल यो खेल पनि जित्दै फाइनलको स्थान पक्का गर्ने दाउमा हुनेछ भने पहिलो चरणको दुवै खेल गुमाएको पिएनजी पहिलो जितको दबाबमा हुनेछ ।
नेपालले पहिलो खेलमा पिएनजीलाई १५ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गर्दै चार अंक बटुलि सकेको छ । आज पिएनजीलाई पुन पराजित गर्न सके छ अंकसहित एक खेल अगावै फाइनलको स्थान पक्क गर्नेछ । पिएनजीले जित निकाल्दै फाइनलको लागि आश जीवित राख्नेछ ।
नेपालको सम्भावित टोली:
सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, आसिफ शेख, करण केसी, अभिनाश बोहरा, विवेक यादव, दीलिप नाथ, लोकेश बम, कुशल मल्ल, रोहित पौडेल र आदिल अन्सारी ।