१५ चैत, जनचासो खबर । नेपालको ओडिआईतर्फको विश्व वरियता खस्किएर १८औँ स्थानमा झरेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल १८औँ स्थानमा पुगेको हो । लगातार दुई खेलमा पिएनजीसँग हार व्यहोर्दा वरियतामा पनि असर परेको हो । नेपाल भन्दा पछि अब १९औँमा अमेरिका र २०औँमा पिएनजी रहेको छ ।
नयाँ वरियाताक्रम अनुसार पहिलो नम्बरमा न्युजिल्याण्ड, दोस्रोमा इंङ्ल्याण्ड, तेस्रोमा अष्ट्रेलिया र चौँथोमा भारत रहेको छ ।
नेपालको टि२० मा भने १३औँ स्थानमा यथावत रहेको छ ।