१५ चैत, जनचासो खबर । विश्वप्रशिद्ध फुटबलर क्रिष्टियानो रोनाल्डोको टिम पोर्चुगलको लागि विश्वकप २०२२ छनौटको फाइनल परीक्षा आज राति हुँदैछ । समूह चरणमा सर्वियासँग पछाडि परेपछि प्लेअफको बाटो रोज्न बाध्य पोर्चुगललाई आजको खेल 'गर या मर'को दबाबमा हुनेछ । 

नेपाली समय अनुसार १२ बजेर ४५ मिनेटमा हुने प्लेअफको फाइनल खेलमा जसले बाजी मार्छ उसैले क्वातारमा हुने विश्वकपको लागि टिकट पक्का गर्नेछ । 

क्रिष्टियानो रोनाल्डोको सम्भावित अन्तिम विश्वकप हेर्न उनका करोडौै समर्थकहरुले प्रार्थना गरिरहेको अवस्थामा नर्थ मेसोडोनिया तगारो बन्न पनि सक्छ । किनभने मेसोडोनियाले युरो २०२० को विजेता इटलीलाई प्लेअपको पहिलो खेलमा पराजित गर्दै पोर्चुगलसँग भेट पक्का गरेको हो । नर्थ मेसोडोनिया क्वातार विश्वकपमा छनौट हुँदै पहिलो पटक विश्वकपमा छनौट हुने दाउमा रहेको छ ।