काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपिओ माघको पहिलो सातामा खुल्ने भएको छ । नेपालको इतिहासमा सबैभन्दा ठूलो संख्यामा सार्वसाधरणको लागि जारी हुने भएको यस बैंकको शेयर माघको पहिलो साता खोल्ने गरी कार्य भइरहेको जनाइएको छ ।
अधिकृत पूँजी ४० अर्ब, जारी पूँजी २० अर्ब र चुक्ता पूँजी १२ अर्ब रहेको यस बैंकले बोर्डबाट ८ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने अनुमति पाएको छ। आईपीओ निष्काशनपश्चात बैंकको चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुग्नेछ।

