काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओ पुस २४ गतेदेखि सर्वसाधारणका लागि निष्काशन हुने भएको छ । कम्पनीले १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले निष्काशन गर्ने कुल शेयरको ४ प्रतिशत कर्मचारीहरुको लागि र ५ प्रतिशत सामूहिक लगानीकोषहरुका लागि छुट्याएको छ भने, सर्वसाधारणले १३ लाख ९६ हजार २२ कित्ता शेयरका लागि आवेदन दिन सकिने छ ।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओ छिटोमा पुस २८ गते र ढिलोमा माघ ९ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १३ हजार ९६० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।