दानियल सुनुवार, गोकुलगंगा। गोकुलगंगा गाँउपालिकामा बृहत युवा भेला तथा मार्चपास कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहनु भएका शान्ति प्रशाद पौडेलले वर्तमान समयमा युवासँग समय अनुसार सीप हुनुपर्नेमा जोड दिनु भएको छ।
नेकपा एमालेको भातृ संगठन रहेको युवा संघको आयोजनामा भएको पालिका स्तरिय युवा भेला कार्यक्रममा बोल्दै मन्त्री पौडेलले निर्वाचनको संघारमा रहेको भन्दै कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा युवाहरुले आ-आफ्नो क्षेत्रबाट सक्दो सीप विकासमा क्षमता अभिवृद्धि गर्न आग्रह गर्नुभयो । सीप विकासले युवा स्वरोजगारमा अब्बल सहयोग पुर्याउने बताउनुभयो । सीप तथा क्षमता अभिवृद्धिका लागि स्थानीय सरकार प्रदेश सरकार तथा केन्द्रीय सरकार सहयोगको लागी सधै तयार रहेको बताउनुभयो।
गत निर्वाचनमा सबै तहमा नेकपा एमालेले नेतृत्व गरेको हो त्यसैले गोकुलगंगामा पनि विकासको रफतारले ठुलो छलाङ मारेको भन्दै आगामी निर्वाचनमा नेकपा एमालेलाई नेतृत्वमा पुर्याउनु पर्छ यदी नेकपा एमालेको प्रतिनीधीहरु निर्वाचित भएमा मन्थली जिरी कालोपत्रे रिङरोड सडक निर्माण सुशासन, वातावरण संरक्षण, गुण्स्तरिय शिक्षा, असल स्वास्थ्य,नेकपा एमालेको गन्तव्य हुनेछ, भन्दै एमालेको एजेन्डा अनुरुप सुरुङमार्ग, रेल वे सुविधा तथा पानिजहाज सञ्चालन स्थानीय तहमा युवा लक्षित कार्यक्रम जस्ता सम्भाव्य विकासका गुरुयोजना बारे चर्चा पनि गर्नु भयो।
समाजवाद देख्न चाहने जनताले एमालेलाई निर्वाचित बनाई नेतृत्व दिनुपर्छ यदी नेपाली काङ्ग्रेसले नेतृत्व हात लिएमा राज्य पूँजिवादतर्फ ढल्किने खबरदारी समेत गर्नुभयो। कार्यक्रममा विभिन्न वक्ताले बोल्दै रामेछाप ईतिहास रच्ने जिल्ला, तीन लालको जिल्ला भएकोले युवा शक्ति नविनता, सृजनसिलता मा लाग्ने समाज सेवी तथा सहयोगी हुनपर्ने कुराको सचेतना पनि जगाए ।
गाउँपालिकाका अध्यक्ष खड्ग सुनुवारले गोकुलगंगाको अधुरा कामहरु सम्पन्न गर्ने र नमूना पालिका निर्माण गर्न लागीपर्ने बताउँदै आजदेखि अब चुनावी कार्यक्रममा केन्द्रित हुने खुलासा गर्नुभयो । राष्टिय युवा संघका अध्यक्ष किरण पौडेल कार्यक्रमका प्रमुख अतिथी थिए । भने कार्यक्रममा साङगितीक समुह राष्टिय जनसास्कृतिक मञ्चका कलाकार तथा हास्यकलाकार पुरुषोतम पौडेल पुर्खे बा को समुहले आफ्नो प्रस्तुती समेत दिएका थिए ।

