२ फागुन, जनचासो खबर । सामान्य लक्ष्यसमेत भेट्टाउन नसक्दा नेपाल चार देशीय सिरिजको अन्तिम खेलमा आयरल्याण्डसँग १६ रनले पराजित भएको छ ।
नेपालको दिपेन्द्रसिंह ऐरीले घातक बलिङ्ग गर्दा आयरल्याण्ड निर्धारित २० ओभरमा अल आउट हुँदै १ सय २७ मात्र जोड्न सफल भएको थियो । सामान्य विजय लक्ष्य पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ११ रन मात्र बनाउँदा टेष्ट टोलीलाई पराजित गर्दै इतिहास रच्ने सुवर्ण अवसर नेपालले गुमाएको छ ।
यससँगै नेपालले मैत्रिपूर्ण चार देशीय टि-२० सिरिजमा १ खेलमा जित र २ मा हार व्यहोर्दै सकाएको छ । अब १८ फेब्रुअरीमा नेपालले विश्वकप छनौट डिभिजन-२ को पहिलो खेल ओमनसँग खेल्ने छ ।