काठमाडौं। कतार एयरवेज सहिद स्मारक‘ए’ डिभिजन लिगको बाँकी चरणका खेलहरु सार्वजनिक भएका छन्। नेपालले मौरिसससँग मैत्रीपुर्ण खेलेको र मौसममा सुधार नआएका कारण केही दिन खेल रोकिएको थियो।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले मङ्गलबार एक सूचना जारी गर्दै दशौँ चरणको खेल तालिका सार्वजनिक गरेको छ। दशरथ रंगशालामा फ्रेन्ड्स क्लब र ब्रिगेड ब्वाइज क्लबबीचको पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र जावलाखेल युथ क्लबबीच शुक्रबारदेखि १० औं चरणको खेल सुरु हुनेछ।