काठमाडौं । बार्सिलोनाले आइतबार राति भएको खेलमा एट्लेटिको म्याड्रिडलाई ४-२ गोल अन्तरले हराउँदै टप चारमा उक्लिएको छ ।
नेपाली समय अनुसार राति ९ बजे बार्सिलोनाको क्याम्पनाउमा सुरु भएको खेलमा बार्साले म्याड्रिडमाथि सानदार जित निकालेको हो ।
खेलको सुरुवाति सात मिनेट मै म्याड्रिडले अग्रता बनाए पनि दुई मिनेटपछि नै बार्साले बराबरी गरेको थियो । बार्साका अल्बा, गाभी, अर्जुरो र आल्भेसले गोल गर्दा म्याड्रिडको कार्रास्को र सुवारेजले गोल गर्न सफल भए ।
महत्वपूर्ण जितसँगै बार्सिलोना २२ खेलमा १० जित ८ ड्र र ४ हारसहित ३८ अंक जोडेर अंक तालिकाको चौथो स्थानमा उक्लिन सफल भएको छ ।
समान खेल खेलेका एट्लेटिको म्याड्रिड १० जित ६ ड्रा र ६ हार सहित ३६ अंकका साथ पाचौँ स्थानमा झरेको छ । लिग लिडर रियलले एक खेल बढी खेल्दा ५३ अंक छ भने दोस्रो स्थानको सेभिल्ला र तेस्रो स्थानको बेटिसको २३-२३ खेलमा क्रमश: ४७ र ४० अंक रहेको छ ।