जनचासो खबर । सेनेगलले जारी अफ्रिका कप अप नेसन्स जितेको छ । सेनेगलले फाइनल खेलमा इजिप्टलाई ट्राइबेकरमा पराजित गरेको छ ।
अफ्रिकी राष्ट्रहरुमा सबैभन्दा बढी अफ्रिका कप अप नेसन्स विजेता इजिप्ट टाइब्रेकरमा सेनेगलसँग ४-२ गोल अन्तरले पराजित भएको हो ।
लिभरपुलका दुई सशक्ता खेलाडी साडियो माने र मोहम्मद सलाहबीच भिडन्तको रुपमा रहेको खेलमा मानेले आफ्नो राष्ट्रलाई पहिलो पटक च्याम्पियन बनाउँदै नायक बने ।
निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि समय थप गरिए पनि १ सय २० मिनेटसम्म दुवै पक्षबाट गोल हुन सकेन । त्यसपछि भएको पेनाल्टी सुटआउटमा सेनेगल विजयी भएको हो ।
टाइब्रेकरमा सेनेगलका कालिडोउ काउलीवेली, एब्डोउ डियालो, एहमाडोउ बाम्वा डिइङ साडियो मानेले गोल गरे भने इजिप्टका जिजो र मारवान हान्डीले मात्र गोल गर्न सके ।
सेनेगलले तीन पटक फाइनल यात्रा गर्दा पहिलो जित निकाल्न सफल भयो भने १० पटक फाइनल यात्रा गर्दा सात पटक उपाधी जितिसकेका इजिप्टले आठौं उपाधि भने जित्न सकेन ।