काठमाण्डौं– बैंक अफ काठमाण्डू लिमिटेडले ग्राहकहरुलाई ल्याबमा भारी छुट दिने योजना सार्वजनिक गरेको छ । 

ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै दुई पक्षीय सहकार्यमा डेबिट तथा क्रेडिट कार्डको माध्यमार्फत् राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ‘क’ श्रेणी प्राप्त प्रयोगशाला नेशनल प्याथ ल्याब तथा रिसर्च सेन्टर प्रा. लि.मा भुक्तानी गर्दा १५% छुट दिने योजना बैंकले ब’धबार सार्वजनिक गरेको हो । 

बैंकका अनुरुप बुटवल शाखा कार्यालयका शाखा प्रबन्धक रत्न बहादुर खड्का र नेशनल प्याथ ल्याब तथा रिसर्च सेन्टर प्रा. लि.का रुपन्देही शाखाका निर्देशक पवन जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

नेशनल प्याथ ल्याब तथा रिसर्च सेन्टरले बुटवल, भैरहवा, गुल्मी, अर्घाखाँची, तुलसीपुर, घोराही तथा धनगढी लगायतको क्षेत्रहरुमा सेवा प्रदान गर्दै आईरहेको बैंकले जनाएको छ ।

 बैंकले हाल ९१ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको जिकिर छ ।