पोखरा। पोखरामा सञ्चालनमा रहेको आहा रारा गोल्डकपको २० औँ संस्करणमा मनाङ मर्स्याङ्दीले नेपाली आर्मी क्लबलाई ट्राइब्रेकरमा हराउँदै फाइनल प्रवेश गरेको छ। बिहीबार सम्पन्न खेलमा मनाङले ट्राइबेकरमा विभागिए टिम आर्मीलाई हराएको हो।
खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयमा समेत गोलरहित बराबरीमा खेल सकिएपछि खेलको छिनोफानो ट्राइब्रेकरबाट लिईएको खेलमा मनाङले बाजि मारेको हो। ट्राइब्रेकरमा मनाङ्ले ४-३ गोल आर्मीलाई हराउँदा मनाङ् फाइनल पुगेको हो ।
मनाङकझ जितमा ट्राइब्रेकरमा फ्रान्कलिन कोटे टाला, शिव गुरुङ, रुपेश केसी र ओलावाले आफिजले गोल गरे भने विश्व अधिकारीको प्रहार पोस्टमा लागेर फर्किएको थियो। आर्मीका लागि कप्तान भरत खवास, जर्ज प्रिन्स कार्की र विवेक बस्नेतले गोल भने दिपक गुरुङको प्रहार पोस्टमा लागेर फर्किएको थियो भने युद्ध शाहीको प्रहार मनाङका गोलकिपर अशोक बरालले रोकेका थिए।
एपिएफ यस अघि नै मच्छिन्द्रलाई हराउँदै फाइनलमा प्रवेश गरिसकेको छ। अब फाइनल खेल शनिबार दिउँसो २ बजे पोखरा रङ्गशालामा हुनेछ। आहा रारा गोल्डकपको विजेताले उपाधिसहित १० लाख १ हजार रुपैयाँ र दोस्रो हुनेले टोलीले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन्।