काठमाडौं। नेपालको पहिलो फ्रेन्चाइज लिग नेपाल सुपरलिगको दोस्रो संस्करण आगामी चैतको अन्तिमबाट सुरु हुने भएको छ । बुधबार नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टकाले विज्ञप्ति जारी गर्दै आगामी चैत २६ गतेदेखि जेठ ७गतेसम्म लिग आयोजना हुने जनाएको हो।
जारी प्रेसविज्ञप्ति अनुसार यस पटक लिगमा १० टिमले सहभागिता जनाउने भएका छन्। गत सिजनमा ७ टोलीले मात्र सहभागिता जनाएका थिए। त्यस्तै आयोजकले प्रतियोगिताको उद्घटान यस पटक पोखरामा हुने र त्यसपछिका खेलहरू काठमाडौंमा हुने जनाएको छ।