पोखरा। डिफेन्डिङ च्याम्पियन संकटालाई हराउँदै मच्छिन्द्र आहा रारा गोल्ड कपको सेमिफाइनल प्रवेश गरेको छ। पोखरामा जारी २०औँ संस्करणको प्रतियोगितामा मच्छिन्द्र फूटबल क्लब सेमिफाइनलमा पुगेको हो।
सोमबार सम्पन्न खेलमा मच्छिन्द्रले संकटालाई ४-१ गोलको सानदार जित दर्ता गर्यो। मच्छिन्द्रको जितमा मेसुके ओलामाउ, अभिषेक गुरुङ, मेसुके एटिजिन ओलामाउ र उत्सव राईले समान १/१ गोल गरे। खेलको पहिलो हाफमा मच्छिन्द्रले १२ औँ मिनेटमा उत्सव राईको अग्रता लियो। पहिलो हाफ सकिँदा १-० को अग्रता बनाएको मच्छिन्द्रले दोस्रो हाफको पहिलो मिनेटमै ओलामाउले गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए।
संकटाका लागि खेलको ६२ औँ मिनेटमा गणेश हमालले गोल गर्दै २-१ को स्थितिमा ल्याए पनि खेलको ८४ औँ र ८५ औँ मिनेटमा लगातार गोल खान पुग्दा संकटाले हार ब्यहोरेको हो।
८४ औँ मिनेटमा ओमालाजा करिमले प्रहार गरेको फ्रिकिकले जालि चुम्दा मच्छिन्द्र ३-१ को बलियो स्थितिमा पुग्यो। ओमालाजा करिमले डिबक्स नजिकबाट प्रहार गरेको फ्रि किकले सिधै जाली चुमेको थियो। त्यस लगतै ८५ औं मिनेटमा नाथिनिय गार्सियाको लङ पासमा मेसुके एटिजिन ओलामाउले गोल गर्दा खेल मच्छिन्द्रले ४-१ ले जितेको हो।