एजेन्सी। स्पेनिस चर्चित लिग ला लिगामा क्याटलान क्लब बार्सिलोनाले सङ्घर्षपूर्ण जित निकालेको छ। बार्सिलोनाले डिफोर्टिभोको घरेलु मैदानमा १-० को साँघुरो जित निकालेको हो।
बार्सिलोनाको जितमा खेलको ८७ औँ मिनेटमा फ्रान्की डि जोङले गोल गरे। खेलको इन्जुरी समयमा डिपोर्टिभो १० खेलाडीमा सीमित भएपनि त्यसको फाइदा भने बार्सिलोनाले उठाउन सकेन।
लालिगा अन्तर्गत नै अर्काे खेलमा शीर्षस्थानमा रहेको रियल म्याड्रिड घरेलु मैदानमा इल्चेसँग २–२ गोलको बराबरी खेलेको छ। दुई गोलले पछि परेको अवस्थामा रियलले कमब्याक बराबरी खेलेको हो।
इल्चेका लागि खेलको ४२ औँ मिनेटमा लुकास ब्वयले गोल गर्दै इल्चेलाई सुरुवाती अग्रता दिलाए भने खेलको ७६ औँ मिनेटमा पेरे मिल्लाले गोल गर्दा इल्चेले अग्रता दोब्बर बनायो।
तर दुई गोलको अग्रता जोगाउन नसक्दा रियल म्याड्रिडसँग अङ्क बाँड्यो। खेलको ८२ औँ मिनेट तथा ९२ औँ मिनेटमा गोल खान पुग्दा रियलले खेलमा कमब्या गर्यो र इल्चेसँग अङ्क बाँड्यो।
खेलको सुरुवाति ३३औँ मिनेटमा करिम बेन्जेमा पेनाल्टीमा चुक्दा रियल अग्रता लिन तथा जितबाट समेत चुकेको थियो ।
लालिगा अन्तर्गत गए राति सम्पन्न अन्य खेलहरूमा रायो भाल्लेकानो एथ्लेटिको क्लबसँग १-० ले पराजित भएको छ। रियल सोसिडाड गेटाफेसँग गोल रहित बराबरी खेलेको छ भने एथ्लेटिको म्याड्रिडले भ्यालेसियालाई ३-२ ले हराएको छ।
यो बराबरीसँगै शीर्षस्थानमा रहेको रियलको २२ खेलबाट ५० अंक पुगेको छ। रियलले दोस्रो स्थानको सेभियालाई ४ अंकले पछि पारेको छ। जितसँगै बार्सिलोना २१ खेलबाट ३५ अङ्क जोडेर पाँचौ स्थानमा उक्लेको छ। २१ खेलबाट ३६ अङ्क बटुलेको एथ्लेटिको म्याड्रिड चौथो स्थानमा रहेको छ।