लण्डन। इङ्लिस प्रिमियर लिग अन्तर्गत चेल्सीले घरेलु मैदानमा टोटनह्यमलाई पराजित गरेको छ। पहिलो हाफको खेल गोल रहित बराबरी खेले पनि दोस्रो हाफमा हाकिम जियाच र थियागो सिल्भा चम्किँदा चेल्सीले टोटनह्यामलाई जितेको हो।
चेलसीको जितमा दोस्रो हाफको ४७ औँ मिनेटमा हाकिम जियाचले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाए भने ५५औँ मिनेटमा थियागो सिल्भाले निर्णायक गोल गर्दै चेल्सीलाई जित दिलाए।
त्यस्तै इङ्लिस प्रिमियर लिग अन्तर्गत गए राति नै सम्पन्न अन्य खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई ३-१ गोलले हराएको छ भने आर्सनल र बर्नली गोल रहित बराबरी खेलेका छन् भने लेस्टर सिटी र ब्राइटनले १-१ को बराबरी खेलेका छन्।
जितसँगै तेस्रो स्थानमा रहेको चेल्सीको २४ खेलबाट ४७ अंक पुगेको छ । चेल्सी शीर्षस्थानको म्यानचेस्टर सिटीसँग १० अंकले तथा दोस्रो स्थानको लिभरपुलसँग १ अंकले पछि छ । सिटीले एक खेल तथा लिभरपुलले २ खेल कम खेलेको छ।