पोखरा। मनाङ मर्स्याङ्दी क्लब २० औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आइतबार सम्पन्न खेलमा क्वाटरफाइनलमा मनाङले नेपाल पुलिस क्लबलाई २-० ले पराजित गर्दै सेमिफाइलमा स्थान बनाएको हो।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि खेलको दोस्रो हाफमा मनाङ हाबी हुँदा नतिजा मनाङले हात पारेको हो। दोस्रो हाफको ६४ औँ र ८८ औँ मिनेटमा गोल गर्दै मनाङले पुलिस विरुद्ध सहज जित दर्ता गर्‍यो र सेमिफाइनलमा स्थान बनायो। 

मनाङको जितमा रुपेस केसी र ओलावाले अफिजले व्यक्तिगत १/१ गोल गरे। 

आहा गोल्डकपको विजेताले उपाधिसहित १० लाख १ हजार रुपैयाँ र दोस्रो हुनेले टोलीले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन्।