लण्डन। इङ्लिस प्रिमियर लिग अन्तर्गत गए राति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले संघर्षपूर्ण जित दर्ता गर्दै महत्वपूर्ण तीन अङ्क हासिल गरेको छ। युनाइटेडले वेस्टह्यामलाई १-० को साँघुरो जित दर्ता गरेको हो।
म्यानचेस्टर युनाइटेडका लागि खेलको इन्जुरी समयको अन्तिम मिनेटमा मार्कोस र्यासफोर्डले गोल गर्दा महत्वपूर्ण तीन अङ्क जोडेर लिगको चौथो स्थानमा उक्लिएको छ। हार बेहोरेहो वेस्टह्याम भने चौथो स्थानबाट पाँचौँ स्थानमा झरेको छ।
त्यस्तै, गए राति नै सम्पन्न अन्य खेलहरूमा इभरटनलाई उसकै घरेलु मैदानमा एस्टनभिल्लाले १-० गोलले जितेको छ। उल्भर ह्याम्टनले ब्रेन्टफर्डलाई २-१ गोलले र लिडस् युनाइटेडलाई न्यूक्यास्टलले १-० गोलले जितेको छ भने लिग लिडर म्यानचेस्टर सिटी साउथह्याम्टनसँग बराबरीमा रोकिएको छ। २३ खेलबाट ५७ अङ्क जोडेको सिटी दोस्रो स्थानको लिभरपुलसँग ११ अङ्कले अगाडी छ। तर, लिभरपुलले २ खेल कम खेलेको छ।