इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को अक्सनका लागि नेपालका १५ खेलाडीले नाम दर्ता गराएका छन्। विश्वको चर्चित टि-२० क्रिकेट प्रतियोगिताका लागि विश्वभरबाट अक्सनमा नाम दर्ता हुने र सहभागि टीमले त्यसबाट खेलाडी छनौट गर्ने प्रचलन छ। 

आईपीएल २०२२ को प्लेअर अक्सनका लागि कूल १२१४ खेलाडीले नाम दर्ता गराएका छन् । जसमा नेपालका १५ खेलाडी रहेको बीसीसीआईले जनाएको छ ।

अक्सनमा खेलाडी दर्ताका लागि जनवरी २० सम्मको समयसिमा तोकिएको थियो । जसमा भारतीय ८ सय ९६ र विदेशी ३ यस १८ खेलाडीले नाम दर्ता गराएका हुन्। आगामी फेब्रुअरी १२ र १३ मा बेंगलुरुमा हुने मेगा अक्सनबाट १० टिमले खेलाडीहरू छनोट गर्नेछन् । अक्सनबाट बढीमा २ सय १७ खेलाडी मात्र छनाेट हुने बीसीसीआईले विज्ञप्तिमार्फत जनाएको छ ।

अक्सनका लागि दर्ता गरेका खेलाडी मध्ये २ सय ७० खेलाडी क्याप्ड छन् । यस्तै ९ सय ३ खेलाडी अनक्याप्ड छन् भने ४१ खेलाडी एसोसिएट प्लेअर अन्तर्गत छन्।

आईपीएलमा हरेक टिमले बढीमा २५ जनासम्म टिममा राख्न पाउनेछन् ।