पोखरा। एपीएफ क्लब आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ। पोखरा रंगशालामा भएको खेलमा बीवाईएससी यूएसए क्बलाई ३–१ गोलले हराउँदै एपीएफ अन्तिम चारमा पुगेको हो ।  

अमेरिकन क्लब बीवाईएसी ४७ औँ मिनेटमा मिगल फेलाफक्सले गोलबाट अग्रता लिए पनि एपीएफका रवि थिङले दुई तथा आवाश लामिछानेले एक गोल गर्दा बीवाईएसी पराजित हुन भएको हो। पोखरामा चलिरहेको २० औँ संस्करणको आहा रारा गोल्डकपमा १० टोली सहभागी छन्।