लण्डन। इङ्लिस प्रिमियर लिग अन्तर्गत गए राति सम्पन्न खेलमा लेस्टर सिटीको मैदानमा टोटनह्यामले रोमाञ्चक जित हाँसिल गरेको छ। टोटनह्यमले २-१ ले पछि परेको अवस्थामा रोमाञ्चक ३-२ को जित हासिल गरेको हो।
टोटनह्याम खेलको २४ औँ मिनेटमा १-० ले पछि परेको थियो। खेलको २४ औँ मिनेटमा लेस्टरका लागि डाकाले गोल गर्दै अग्रता दिलाएका थिए। तर, खेलको ३८ औँ मिनेटमा ह्याकी केनले गोल गर्दै टोटनह्यामलाई पहिलो हाफमा बराबरीमा ल्याए। खेलको दोस्रोहाफको ७५ औँ मिनेटमा लेस्टरका लागि म्याडिसनले गोल गर्दा लेस्टरले २-१ को अग्रता बनाए पनि खेलको इन्जुरी समयमा सम्हालिन नसक्दा लेस्टरले खेल हार्यो।
इन्जुरी समयको अन्तिम ५ औँ र ७ औँ मिनेटमा टोटनह्यामका स्टेभेन बेर्गविङले व्यक्तिगत २ गोल गर्दा टोटनह्यामले ३-२ ले खेल जित्यो। यस खेलबाट महत्वपूर्ण ३ अङ्क बटुलेको टोटनह्याम १९ खेलबाट ३६ अङ्क बटुलेर लिग तालिकाको ५ औँ स्थानम उक्लेको छ ।
समान खेल खेलेको लेस्टर सिटी २५ अङ्कका साथ लिगको १० औँ स्थानमा रहेको छ।
गए राति नै सम्पन्न अर्को खेलमा म्यानचेस्टर युनाइटेडले ब्रेन्टफर्डलाई ३-१ ले हराएको छ। २१ खेलमा ३५ अङ्क जोडेको म्याचेस्टर युनाइटेड अङ्क तालिकाको सातौँ स्थानमा रहेको छ।