काठमाडौं। प्रधानमन्त्री कप टि-२० राष्ट्रिय प्रतियोगिताको फाइनल खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई १ सय ५८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ।
सुरुवाती खरब प्रदर्शन गरेको एपिएफले खेलको अन्तिम तिर सुधारिएको प्रदर्शन गर्दा १९.५ ओभरमा १ सय ५७ रन जोडेको छ।
सुरुवाती ११ ओभरमा ६ विकेट गुमाएर ८१ रन मात्र जोडेको एफिएफले ७ ओभर गुमाउँदा १ सय ४ रन जोड्यो। त्यस पश्चात ब्याटिङका लागि मैदान छिरेका अमर रौटेलाले १५ बलमा २९ रनको योगदान गर्दा एपिएफ खेलमा फर्किएको थियो।
नेपाली पुलिस क्लबले जवाफी ब्याटिङ गर्न बाँकी रहेको छ।