लण्डन। इङ्लिस प्रिमियर लिग अन्तर्गत गयराति सम्पन्न खेलमा ब्राइटले चेल्सीलाई बराबरीमा रोकेको छ। लिगको तेस्रो स्थानमा रहेको चेल्सी ब्राइटनसँग १-१ को बराबरीमा रोकिएको हो। 

खेलको पहिलोहाफको २८ मिनेटमा हाकिम जियेचले गोल गर्दै चेल्सी अग्रता दिलाएपनि दोस्रो हाफमा गोल बेहोर्दा चेल्सी अङ्क बाँड्न बाध्य भयो। ब्राइटन १-० ले पछि परेको अवस्थामा खेलको ६० ‍औँ मिनेटमा गोल गर्दै खेल बराबरी गरेको हो। २१ खेलबाट २९ अङ्क जोडेको ब्राइटन अङ्क तालिकाको ९ औँ स्थानमा छ भने २३ खेलबाट ४४ अङ्क जोडेको चेल्सी लिगको तेस्रो स्थानमा छ। 

लिगमा आज राति लेस्टर सिटी र टोटनह्याम तथा ब्रेन्फोर्ड र म्याचेस्टर युनाइटेडबीच आमने सामने हुँदै छन्।