सन् २०२१ को क्लब विश्वकप जापानमा हुने फिफाले जनाएको छ । यस अघि चीनमा हुने भनिएको क्लब विश्वकप फिफाले जापानमा आयोजना गर्न अनुमति दिएको हो ।
सन् २०१९ को अक्टोबरमा चीनलाई २४ क्लबको सहभागिता सहित २०२१ को क्लब विश्वकप आयोजनाको अनुमति दिएको भएपनि सन् २०२० को डिसेम्बर ४ मा बसेको भुर्चुअल बैठकमा फिफा अध्यक्ष जियानी ईन्फान्टिनोले २४ क्लबको सहभागिताको विषयमा अन्तिम निर्णय नभएकाले पुरानै शैलीमा क्लब विश्वकप गर्ने तय भएको बताए ।
फिफाको शुक्रबारको निर्णय अनुसार अब २०२१ को क्लब विश्वकप पारम्परिक ढंगले सात क्लबको सहभागितामा २०२१ को डिसेम्बरमा जापानमा आयोजना हुने भएको छ ।