काठमाडौं। बुधबार नेप्सेमा ३० अङ्गले गरावट आएको छ। कारोबारको चौथो दिन नेप्सेमा ३०.५ अंकले गरावट आएको हो।
बुधबार नेप्से परिसूचक २८०३.६२ विन्दुमा बन्द झरेर बजार बन्द छ। सेन्सेटिभ इण्डेक्स ७.०४ अंक, फ्लोट इण्डेक्स १.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१७ अंकले घटेको छ। शेयर बजार लगातार बढेकाले अल्पकालिन लगानीकर्ताहरुले नाफा बुक गर्नेक्रममा नेप्सेमा करेक्सन भएको हो। नेप्सेमा सामान्य गरावट आएपनि कारोबार रकम भने ८ अर्ब नाघेको छ।
बुधबार २२९ कम्पनीको ९० हजार ५९० पटकको कारोबारमा ८ अर्ब ३ करोड ३२ लाख १२ हजार रुपैयाँ बराबरको १ करोड ६१ लाख ४७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
नेप्से परिसूचकमा आज नेपाल बङ्गलादेश बैंकको २८ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। त्यस्तै, एचआईडिसीएलको २७ करोड, अपि पावरको २४ करोड र अपर तामाकोशीको २२ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

