काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय टि२० क्रिकेट प्रतियोगिता आज ९:३० बजे सुरु हुँदैछ । समूह 'ए' का त्रिभुवन आर्मी र कर्णाली प्रदेशबीच उद्घाटन खेल हुने भएको छ ।
दश टिम सहभागी रहेको प्रतियोगिता माघ १० गतेसम्म चल्नेछ । सहभागी टिमहरुमा सात प्रदेशका सात टिमसहित विभागीय तीन टिमले सहभागिता जनाउने छ । प्रतियोगिताको पहिलो चरणमा दुई समूहमा विभागजन गरी खेल खेलाइने छ ।
समूह ए मा साविक विजेता त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर १ छन् । समूह बी मा नेपाल एपिएफ क्लब, प्रदेश नम्बर २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश छन् । प्रत्येक समूहको उत्कृष्ट दुई टिमले सेमिफाइनलमा स्थान बनाउने छ ।