काठमाडौं। नेपालले अफ्रिकन मुलुक मौरिसियससँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। अखिल नेपाल फुटल संघ (एन्फा)का अनुसार नेपालले आगामी जनवरी २९ मा दुई मैत्रीपूर्ण खेल खेल्ने छ।
नेपालले मौरिसियससँग जनवरी २९ र फेब्रअरी १ मा दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्ने छन्।
गत असोजमा भएको साफ च्याम्पियनसिप पनि नेपाली राष्ट्रिय टिमको यो नै पहिलो खेल हुनेछ। माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा नेपाली टिम उपविजेता बनेको थियो।
अफ्रिकी मुलुक मौरिसियस फिफा वरियतामा नेपालभन्दा तीन स्थान तल छ । फिफा बरियतामा नेपाल १६९औँ स्थानमा छ भने मौरिसियस १७२औं स्थानमा छ।