लण्डन। इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड घरेलु मैदानमा उल्भर ह्याम्टनसँग पराजित भएको छ। सोमबार राति ओल्डट्राफोर्डमा सम्पन्न खेलमा युनाइटेड उल्भरह्याम्टनसँग १–० ले पराजित भएको हो।
उल्भरह्याम्टनले खेलको अन्तिम समयमा गोल गर्दै घरेलु टोली युनाइटेडलाई स्तब्ध पारेको हो। उल्भरह्याम्टनले खेलको ८२औँ मिनेटमा जोआओ मौटिन्होले निर्णायक गोल गरे।
जितसँगै उल्भरह्याम्टनले सन् १९८० पछि पहिलो पटक ओल्डट्राफोर्डमा जित निकालेको छ। भने जारी लिगमा १९ खेलबाट ३१ अंक जोडेको युनाइटेड तालिकाको सातौं स्थानमा र उल्भरह्याम्टन २८ अंकसहित तालिकाको आठौं स्थानमा उक्लिएको छ।