क्टालान। स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनाले आरसीडी मालोर्कालाई पराजित गरेको छ। बार्सिलोनाले आरसीडी मोलार्कालाई १-० ले पराजित गरेको हो।
बार्सिलोनाको जितमा लुक डी जोङले खेलको ४४औँ मिनेटमा गोल गरेका थिए। कोरोनाका कारण बार्सिलोनाका अधिकांश सिनियर खेलाडी खेलेका थिएनन् । तर पनि मालोर्काले त्यसको फाइदा उठाउन सकेन । जितसँगै बार्सिलोना १९ खेलबाट ३१ अंकसहित पाँचौँ स्थानमा छ । पराजित मालोर्का भने समान खेलबाट १९ अंकसहित १५ औं स्थानमा छ।