-श्रीकृष्ण नेपाल

जसले आफ्नो जिन्दगी र परिवारको आर्थिक भविस्यको बारेमा सबै छर्लङ्ग थाहा छ, मलाई जे जस्तो हुँदा पनि आर्थिक फरक पर्दैन, मैले बीमा गर्नु र नगर्नुको के अर्थ भन्थे आज ती ब्यक्तीले नै बीमा बिना एक कदम चाल्न खोज्नु ठूलो मुर्खता हो भन्दै गर्दा गर्व लाग्छ ।

त्यसैले, यो प्रबिधिको युगमा बीमाको ठुलो महत्त्व छ। बीमाको ठूलो महत्त्व हुँदाहुँदै अब भनेको मानवीय मूल्य अनुसारको बिमा आजको आवश्यकता हो ।

५० लाखको कारको बीमा गर्दा ५० लाख कै जोखिम बहन हुने गरी गर्छौँ र गर्नुपर्छ, ५ लाखको मात्र जोखिम बहन हुने गरी बीमा गर्नुको कुनै अर्थ राख्दैन, राख्छ त हजुर ?

मानवको पनि आफ्नै मूल्य छ, सोही मूल्य अनुरुपको बिमा आजको आवश्यकता हो । बीमा नगर्नु भन्दा त बीमा गर्नु राम्रो हो, तर मानवीय मूल्य अनुसारको बीमा नहुँदा स्वयम् व्यक्ति र परिवारलाई ठूलो आर्थिक क्षति हुनेछ । मानवीय क्षतिलाई कसैगरी रोक्न सकिँदैन । रोक्न सक्ने भनेकै आर्थिक क्षती हो, त्यो त रोक्नु पर्‍यो नि, होइन र ?

मलाई बा ले भनेको एउटा प्रसंग याद आउँछ, "भाग्यमानी देखेर चेत्छ भने अभागी परेर चेत्छ ।" अब, हामी के बन्ने यो हाम्रै हातमा छ । हजुरलाई मैले मात्र बुझ्ने वातावरण बनाउने हो । बुझाउन त म कहाँ सक्छु र ? यो दुनियाँमा हजुरलाई कसैले बुझाउन सक्नेवाला छैन, बुझाउने भनेको मात्र हजुरले नै हो । भनिन्छ नि, "भिरमा लड्न लागेको गाईलाई राम राम भन्ने हो, काँध थाप्न सकिन्न ।", होइन र हजुर ?

-(लेखक नेपाल युनियन लाईफ इन्स्योरेन्स क. लि.का एमडिआरटी तथा स्टार ए एम हुनुहुन्छ।)