काठमाडौं। नेपाल क्रिकेट संघ(क्यान) ले टी-२० विश्वकप छनोटको लागि सन्दिप लामिछानेको कप्तानीमा ३० सदस्यीय प्रारम्भिक टोली घोषणना गरेको छ। क्यानको छन‍ोट समितिले प्रशिक्षक पुबुदु दसानायकेको समन्वयमा ३० सदस्यीय टोली घोषणा गरेको हो।

दसानायकेले यसअघि नै कप्तान सन्दीप लामिछाने हुने बताएका थिए। क्यानलाई कप्तान परिवर्तन गर्ने अधिकार भएको उनको भनाइ थियो। क्यानले यसअघि ज्ञानेन्द्र मल्लको स्थानमा सन्दीपलाई कप्तान बनाउने निर्णय गरेकोे थियो। क्यानले टी-२० विश्वकप छनोट प्रतियोगिताका लागि प्रारम्भिक टिम घोषणा गरेको हो।