काठमाडौं। इङ्लिस प्रिमियर लिग अन्तर्गत गए राति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले बर्नलीमाथि सहज जित निकालेको छ। युनाइटेडले बर्नलीलाई ३-१ गोल अन्तरले हराउदै अङ्क तालिकाको शीर्ष ६ मा उक्लिएको हो।

म्यानचेस्टर युनाइटेडको जितमा स्कट एमसी टोमिनीले ८ औँ मिनेटमा अग्रता दिलाए भने खेलको २७औँ मिनेटमा बेन मीले आत्मघाती गोल गर्दा युनाइटेडले २-० को अग्रता बनायो। त्यस्तै खेलको ३५ औँ मिनेटमा रोनाल्डोले तेस्रो गोल गर्दा खेलमा युनाइटेडले ३-० को अग्रता बनायो। खेलको ३८औँ मिनेटमा बर्नलीका लागि आरोन लेनोनको गोल गरे पनि हार टार्न सकेन । युनाइटेड १८ खेलबाट ३१ अंकका साथ छैटौँ स्थानमा रहेको छ ।