काठमाडौं। इंग्लिस प्रिमियर लिगको २० ‍औँ चरणको खेलमा लिभरपुल लेस्टर सिटीसँग पराजित भएको छ। लिग अन्तर्गत मंगलबार राति भएको खेलमा लिभरपुल लेस्टर सिटीसँग १–० गोल पराजित भएको हो।

साविक विजेता लिभरपुलले केही राम्रा अवसर गुमाउदा र मिडफिल्डर मोहम्मद सलाहले पाएको पेनाल्टी सदुपयोग गर्न नसक्दा खेल हारेको हो। पहिलो हाफको ३० औँ मिनेटमा लिभरपुलले पाएको पेनाल्टी सलाहले मिस गर्दा खेल पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको दोस्रो हाफमा लेस्टर सिटीका लागि एडेमोला लूकमेनले खेलको ५९ औँ मिनेटमा निर्णायक गोल गर्दा खेल लेस्टरले जितेको हो। लिभरपुल लिगको अङ्कतालिकामा दोस्रो स्थानमा रहेको छ। 

त्यस्तै गए राति नै सम्पन्न खेलमा क्रिस्टल प्यालेसले नर्विच सिटीलाई ३-० ले हराएको छ। अर्को खेलमा टोटनह्याम र साउथह्याम्टनले १-१ गोलको बराबरी खेलेका छन्। वाटफोर्ट भने आफ्नै मैदानमा वेस्टह्यामसँग पराजित भएको छ। 

इङ्लिस प्रिमियर लिग अन्तर्गत भोली चेल्सीले ब्राइटनको सामना गर्नेछ। लिग लिडर म्यान्चेस्टर सिटीले ब्रेन्टफर्ससँग उसकै मैदानमा खेल्ने भएको छ। त्यस्तै शुक्रबार साँझ म्यानचेस्टर युनाइटेडले बर्नलीसँग प्रतिस्पर्धा गर्नेछ।