काठमाडौं । इङ्गलिस प्रिमियर लिगमा म्याचेस्टर युनाइटेडले कमव्याक जित दर्ता गरेको छ । आईतबार भएको खेलमा साउथह्याम्टनसँग भएको अवे खेलमा २-० स्थिति उल्टाउँदै म्याचेस्टर युनाइडेटले जित २-३ ले खेल जितेको हो । 

युनाइडेटको जितमा पिएसजिबाट म्याचेस्टर आएका इडिसन काभानी नायक बने, दोस्रो हाफमा मैदान प्रवेश गरेका काभानीले म्याचेस्टर युनाइडेटलाई जिताउन २ दुई गोल गरे भने १ गोलका लागि अवसर सिर्जना गरेका थिए । 

प्रतिसर्पधात्मक खेलको पहिलो हाफमा २-० ले पछि परेको युनाईटेडले दोस्रो हाफमा कमव्याक जित निकालेको हो । यो जित सँगै ९ खेलबाट १६ अङ्क बटुलेको युनाईटेड लिगको सातौँ स्थानमा उक्लिएको छ ।