एजेन्सी । स्पेनिस ला लिगामा बार्सिलोनाले फराकिलो जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा बार्साले ओसासुनालाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

सहज जित हात पार्ने क्रममा बार्साका ब्रेथवेट, ग्रिजमेन, कौन्टिन्हो र मेस्सीले समान १/१ गोल गर्न सफल भए । खेलको पहिलो हाफमा २ गोल गरेको बार्साले दोस्रो हाफमा पनि समान २ गोल गर्दै पहुना टोली ओसासुनाबिरुद्ध फराकिलो जित निकालेको हो । 

खेलको २९ औं मिनेटमा ब्रेथवेटले पहिलो अग्रता दिलाउन सफल भए भने ४२ औं मिनेटमा ग्रिजमेनले बार्साका लागि दोस्रो गोल गरेका थिए । त्यस्तै दोस्रो हाफको ५७ औं मिनेटमा कौन्टिन्होले तेस्रो गोल गर्न सफल भए भने खेलको ७३ औं मिनेटमा कप्तान मेस्सीले चौथो गोल गर्दै बार्सालाई फराकिलो जित दिलाए । 

मेस्सीले गोलको सेलिब्रेसनमा म्यारोडोनाको जर्सी देखाउँदै गोल समर्पण गरे ।