काठमाडौं । शेयर बजारमा साताको पहिलो दिन आइतबार उछाल आएको छ । एकै दिन ७५ अंकले बढेको नेप्से परिसूचक १ हजार ९ सय ६८ विन्दुमा उक्लेको छ । १८ दशमलव ७६ अंकले बढेको सेन्सेटिभ ३ सय ८३ दशमलव ९३ विन्दुमा पुगेको छ । बैंकिङ्ग क्षेत्रमा लगानीकर्ताहरु झुम्मिएको बजारमा ९ अर्ब २२ करोड बढीको कारोबार भएको छ ।
करोबारमा आएका २५ कम्पनीहरुको मूल्य पोजेटिभ सर्किट लेभल पुगेर बन्द भएको छ । बैंकिङ्ग तथा विकास बैंक समूह करिब ८ प्रतिशतले बढेको छ । करोबारमा भएका १२ वटा उपसमूहमध्ये ४ वटा समूह घट्दा ८ वटा उपसमूह बढेर बजार बन्द भएको छ ।

