काठमाण्डौं– सुनुवार समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष०७६/७७को आठौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
कोटेश्वरको सुनुवार सेवा समाज भवनमा आयोजित कार्यक्रममा प्रगति विवरण, विनियम संशोधन तथा भावि नीति र कार्यक्रमहरुको प्रतिवेदन सार्वजनिक गर्दै आर्थिक वर्ष ०७६/७७को आठौँ वार्षिक साधारण सभा सहकारीले शुक्रबार सम्पन्न गरेको हो ।
कोरोना (कोभिड–१९) संकटका कारण भीडभाड गरी साधारण सभा गर्न सम्भव नभएको अवस्थामा नियामक निकायले विश्व स्वास्थ्य संघको मापदण्ड अनुरुप आगामी पुस मसान्तभित्र सम्पन्न गर्न काठमाडौँ महानगरपालिकाको आग्रहलाई सदर गर्दै सहकारीले न्यून प्रतिनिधिहरुको सहभागितामा सम्पन्न गरेको सभाका प्रमुख अध्यक्ष तथा सुनुवार समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष मन प्रसाद सुनुवारले बताएका छन् ।
प्रतिवेदनमा आ.व. ७५/७६ मा सेयर पूँजीमा ३१ लाख २० हजार १ सय रहेकोमा आ.व. ७६/७७मा ३३ लाख ४२ हजार ५ सयले बढेको सहकारीले जनाएको छ । सहकारीका अनुसार कूल आम्दानी १८ लाख ८७ हजार २ सय ४७ रुपैँया रहेको छ ।
८औँ वार्षिक साधारण सभाले सूचना र प्रस्तावहरु, सञ्चालक समितिका प्रगति विवरण एवम् भावी नीति तथा कार्यक्रम ,विनियम संशोधन सामुहिक लगानी कोषका सम्बन्धमा तथा लेखा समितिको प्रतिवेदन, सम्पत्ति शुद्धिकरण निर्देशिका सम्बन्धी विविध शिर्षकमा र सुझावका लागि पनि छलफल गरेको प्रतिवेदनमा उल्लेख छ ।

