काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले प्रभु लाइफ इन्स्योरेन्सलाई मंसिर ११ गते आईपिओ निष्काशन गर्न अनुमति दिएको हो ।
कम्पनीले आफ्नो चुक्ता पूँजी २ अर्ब पुर्याउन धितोपत्र बोर्डबाट ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशन गर्न धितोपत्र वोर्डसँग असोज २१ गते अनुमति लिन आवेदन दिएको थियो ।
यस अघि कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रहेको छ । कम्पनीले साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियक्त गरेको छ । इक्रा रेटिङ् नेपालले कम्पनीको आईपीओलाई ग्रेड ४ रेटिङ गरेको छ, जसले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको जनाउँदछ ।

