काठमाडौं ।१ नं. प्रदेशका प्रदेश प्रमुख सोमनाथ अधिकारीलाई कोरोना सङ्क्रमण भएको छ । प्रदेश प्रमुख रहेकाअधिकारीलाई शुक्रबार सङ्क्रमण पुष्टि भएको प्रेस सल्लाहकार खेमराज अधिकारीले जनाएका छन् ।
प्रदेश प्रमुख अधिकारीलाई कोरोनको लक्षण देखिएपछि शुक्रबार प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा स्वाब परीक्षण गराएका थिए । प्रदेश प्रमुख अधिकारीसँगै उनकी धर्मपत्नी र एक सुरक्षाकर्मीलाई समेत कोरोना सङ्क्रमण देखिएको छ ।