नेपाल एसबिआई बैंकले परोपकार तथा अनुसन्धान केन्द्रलाई सहयोग गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अनारमनीको विर्तामोडस्थित ३८ वृद्धवृद्धाहरुलाई आश्रय दिने गरी २०६७ सालमा स्थापित परोपकार तथा अनुसन्धान केन्द्रलाई आवश्यक विद्युतीय उपकरणहरु एक कार्यक्रम आयोजना गरि विहिबार बैंकले प्रदान गरेको हो ।

उक्त कार्यक्रममा एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देद्वारा परोपकार संस्थाका अध्यक्ष विक्रम मादेन गुरुङलाई उक्त विद्युतीय उपकरणका सामानहरु हस्तान्तरण गरेका हुन् । बैंकका अनुसार उक्त कार्यक्रममा बैंकका प्रमुख व्यवसाय प्रबर्धन अधिकृत छविराज पन्त र विर्तामोड शाखाका शाखा प्रबन्धक मनोज चापागाई तथा सो संस्थाका अन्य कर्मचारीको उपस्थिती रहेको  थियो ।