पिपुल्स पावर लिमिटेडको आईपिओ सर्वसाधारणका लागि निष्काशन गर्ने भएको छ । कम्पनीले स्थानीय र सर्वसाधारणका लागि कूल शेयर लगानीको ३० प्रतिशत बराबरको आईपिओ निष्काशन गर्न लागेको हो ।

पिपुल्स पावरले आईपीओ निष्काशनको लागि बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त्त गरेको छ । सम्झौता अनुसार कम्पनीको शेयर निष्काशन तथा बिक्री सम्बन्धी सम्पुर्ण काम प्रभु क्यापिटलले गर्नेछ ।

पिपुल्लेस पावरले इलाम जिल्लाको पुवाखोलामा ४.९६ मेगावाटको क्षमताको पुवाखोला दास्रो जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।