कोरोना भाइरस संक्रमित राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष समेत रहेका डा. रवीन्द्रकुमार शाक्यको निधन भएको छ ।

नेपाल मेडिसिटी अस्पताल चितवनमा उपचारको क्रममा बिहीबार उनको निधन भएको हो । दि शाक्य फाउन्डेसन नेपालका संस्थापकसमेत रहेका शाक्य वि.सं. २०७० सालमा योजना आयोगको उपाध्यक्ष भएका थिए ।