एजेन्सी । अर्जेन्टिनी पूर्व आक्रमण मिडफिल्डर डियागो म्यारोडोनाको हृदयघातका कारण ६० वर्षको उमेरमा निधन भएको बिबिसीले जनाएको छ ।
नोभेम्वरको शूरुवात तिर उनको मस्तिष्कको शल्यक्रिया गराएर ब्युनोस आयर्समा आफ्नै निवासमा आराम गरि रहेका बेला हृदयघातका कारण उनको निधन भएको हो ।
सन् १९८६ मा अर्जेन्टीनाले विश्वकप जित्दा राष्ट्रिय टोलीको कप्तानी सम्हालेका थिए । सामाजिक सञ्चालमार्फत एक विज्ञप्ति जारी गर्दै अर्जेन्टिना फुटबल संघले लिजेण्ड म्याराडोनाको मृत्युप्रति गहिरो शोक व्यक्त गरेको छ । विज्ञप्तिमा "तपाईं जहिले पनि हाम्रो हृदयमा हुनुहुनेछ।" भन्ने उल्लेख गरेको छ ।