काठमाण्डौं(जस)– माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल भेटनरी संघका सदस्यहरुलाई विशेष सेवा दिने भएको छ । नेपाल भेटेनरी संघमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आवद्ध रहेका सदस्यहरुलाई सरल र सहज बैंकिङ सेवा सम्बन्धमा बुधबार सम्झौता गरी बैंकले विशेष सेवा दिने भएकोे हो ।
उक्त सम्झौतापत्रमा भेटेनरी संघको तर्फबाट अध्यक्ष डा. सितल काजी श्रेष्ठ र बैंकको तर्फबाट दायित्व व्यवस्थापन एंव बाह्य मामिला प्रमुख सुनिल खतिवडाले हस्ताक्षर गरेका हुन् । सम्पूर्ण शाखा सञ्जालबाट सघंका सदस्यहरुलाई निक्षेप खाता, कर्जा तथा अन्य बैंकिङ सुविधाहरुमा विशेष सहुलियत प्रदान गरिने बैंकले जनाएको छ ।
नयाँ–नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको बैंकको दाबी छ । पुर्वपश्चिम, हिमाल, पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १३३ शाखारहित बैंकिङ सेवा र ५ एक्सटेन्सन् काउन्टर समेत गरी जम्मा २ सय ९८ स्थानमा सेवा सञ्जाल तथा १ सय ९८ वटा एटीएमहरु र १ हजार भन्दा बढी पिओएसमार्फत ग्राहकहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैंकिङ सुविधा प्रदान गरीरहेको बैंकले जनाएको छ ।

