काठमाण्डौं(जस)– नबिल बैंक लिमिटेड र दराज क्यामु प्रा.लि.ले एक विशेष सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।


नेपालका साना तथा मझौला उद्यमी एसएमईलाई सहयोग गर्न विक्रेताहरूलाई ग्राहक समुदायसँग जोड्ने देशकै ठूलो अनलाइन स्टोर दराज नेपाल र सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने अग्रणी वाणिज्य बैंकले  ‘सारथी’ वित्तिय योजनाका लागि मगंलबार गरीएको समारोहबीच सहकार्यमा  विशेष सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।


आकर्षक सुविदा तथा ब्याज दरको नबिल एसएमई कर्जाको लागि दराजका विक्रेताहरूले आवेदन दिन सकिने र उक्त कार्यक्रम सबै एसएमई ग्राहकहरुका लागि बनाइएको जसमा पुराना तथा नयाँ सबै ग्राहकहरुले आवेदन दिन सकिने बैंकले जनाएको छ । 


उक्त सम्झौता पत्रमा नबिल बैंकतर्फबाट डेपुटी सीईओ सुजित कुमार शाक्य र दराज क्यामुकातर्फबाट प्रबन्ध निर्देशक लिनो अल्हेरिङ्गल हस्ताक्षर गरेका हुन् । समारोहमा नबिल बैंकका डेपुटी सीईओ शाक्यले भने, ‘यो कार्यक्रम नेपालमा डिजिटल बजारको विकासको लागि निकै महत्त्वपूर्ण रहनेछ । हाम्रो मुख्य प्राथमिकता नेपालका एसएमईहरुलाई विभिन्न लगानी कार्यक्रममार्फत आफ्नो व्यवसाय विस्तारमा सहयोग पु¥याउनु रहेको छ । सारथी कार्यक्रमको लागि हामीले दाराजसँग सहकार्य गरेका छौँ । हाम्रो विश्वास छ कि, यो वित्तिय कार्यक्रमले उनीहरूलाई कोभिड–१९को कारणले आइपरेका कठिनाइहरू पार गर्न मद्दत प¥याउछ र उनीहरूको व्यवसायलाई दीर्घकालीन स्थिरता र वृद्धिका लागि पुर्नजीवित गर्नेछ ।’


त्यस्तै, दराज क्यामुका प्रबन्ध निर्देशक लिनोले भने, ‘सारथी कार्यक्रमलाई नबिल बैंकसँगको सहकार्यमा प्रस्तुत गर्न हामी धेरै उत्साहित छौँ । हामीले लामो समयदेखि काम गरिसकेका छौँ, अर्थतन्त्रमा कोभिड–१९को प्रभावलाई ध्यानमा राखी यो कार्यक्रम अझ महत्वपूर्ण साबित भएको छ । योे नेपालमै पहिलो क्रेडिट स्कोरिंगमा आधारित नौलो समाधान हो र हामी यो रणनीतिक साझेदारीको शुरुवातमा छौँ । नेपाली आर्थिक क्षेत्रलाई अझ मजबुत बनाउन हामी यस सारथी कार्यक्रममा नबिल बैंकस“ग धेरै नजिकबाट काम गर्ने आशा गरिरहेका छौँ ।’
इच्छुक व्यवसायीहरुले सारथी कार्यक्रमको लागि नबिल बैंक र दराजको संयुक्त रुपमा सहजीकरण गरिएको वेबसाइटमार्फत आफ्नो अनलाइन उपस्थिति गर्न सकिने बैंकले जनाएको छ ।  देशभर ११९ वटा शाखा कार्यालयहरु, १७५ एटिएम् र १५ सयभन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देशमा रहेका ऐजेन्टको बृहत सञ्जालमार्फत निरन्तर गुणस्तरिय सेवा प्रवाह गरिरहेको बैंकले दाबी गरेको छ ।